वर्षमान पुनले देशको अर्थतन्त्र ध्वस्त पारेः प्रधानमन्त्री ओली

352 Shares

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वअर्थमन्त्री वर्षमान पुनले देशको अर्थतन्त्र ध्वस्त पारेको अरोप लगाउनुभएको छ ।


आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो आरोप लगाउनुभएको हो । उहाँले पूर्वअर्थमन्त्री पुनको नाम नलिकनै यसअघिका अर्थमन्त्रीले प्रश्तुत गर्नुभएको बजेटका कारण देशको अर्थतन्त्र ध्वस्त भएको बताउनु भयो । उहाँले संसदमा सम्बोधन गर्दा लाज पचाएर बोल्ने गरेको बताउँदै आफैँ देशको अर्थतन्त्र ध्वस्त पार्ने र आफैँ अर्ती दिँदै हिँड्ने गरेको बताउनु भयो । 

उहाँले अहिलेको सरकार अघिल्लो सरकारले ध्वस्त पारेको अर्थतन्त्रलाई उठाउने काम गरिरहेको बताउनु भयो । उहाँले अघिल्लो सरकारले अर्थतन्त्र भताभुङ्ग पारेको, पैसा आउनुपर्ने ठाउँ कहीँ बाँकी नराखेको, ढिकुटीमा पैसा थोपो नराखेको, ऋणै ऋणमा फसाइदिएको, उखु बेचेका किसानलाई उखुको, दुध बेचेका किसानलाई दुध बेचेको पैसा नदिएको आरोप लगाउनु भयो । 

प्रधानमन्त्री ओलीले अर्थतन्त्र बिस्तारै सुधार हुँदै गएको बताउनु भयो ।