काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्वस्वास्थ्य राज्यमन्त्री तीर्थराम डंगोलको गएराति निधन भएको छ।
नेपाली कांग्रेस काठमाडौँका सभापति सबुज बानियाँका अनुसार उनकाे राति ११ बजे निधन भएको हाे । लामो समयदेखि बिरामी भएका उनी स्वास्थ्य अवस्थाका कारण पछिल्लो समय पार्टी गतिविधिमा संलग्न थिएनन् ।
२००४ सालमा काठमाडौंमा जन्मिएका ७७ वर्षीय डंगोल कांग्रेस काठमाडौंको कोषाध्यक्ष र जिल्ला सभापति तथा काठमाडौं महानगरपालिकाको उपप्रमुख पनि भएका थिए । डंगोल २०६२/६३ को जनआन्दोलनमा काठमाडौँमा कमाण्डरका रूपमा खटिएका थिए।
उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ देखि दिउँसो १ बजेसम्म राखिने र त्यसपछि आजै टेकू दोभानमा अन्त्येष्टि गरिने बताइएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया