देशको बजेटले धान्ने सीमाभित्र रहेर शिक्षकका मागहरु सम्बोधन गर्न प्रतिबद्ध छुः शिक्षामन्त्री

382 Shares

काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले संविधान, कानून र देशको बजेटले धान्ने सीमाभित्र रहेर शिक्षकका मागहरु सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुभएको छ । 

शुक्रबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो प्रतिबद्धता जनाउनुभएको हो । उहाँले सरकार शिक्षकहरुसँग वार्ता र संवादको माध्यमबाट अहिलेका समस्याहरु समाधान गर्न प्रतिबद्ध रहेको बताउनु भयो । उहाँले लचिलो भएर वार्तामा आउन शिक्षकहरुलाई आह्वान गर्नुभयो । 

सरकारका तर्फबाट वार्ताका लागि आफूले आह्वान गरिसकेको पनि शिक्षामन्त्री पन्तको भनाइ छ ।