वार्ताका माध्यमबाटै शिक्षकका समस्या समाधान हुन्छ: शिक्षामन्त्री पन्त

364 Shares

काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले वार्ताका माध्यमबाट शिक्षकहरुका माग सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुभएको छ।

बिहीबार सिंहदरबारस्थित मन्त्रालयको कार्यकक्षमा पदभार ग्रहण गर्दै उहाँले यस्तो प्रतिबद्धता जनाउनुभएको हो । उहाँले आफू मन्त्रालयमा प्रवेश गरेको र समस्याको बारेमा जानकार रहेको बताउनु भयो । 

समस्या समाधानका लागि मन्त्रालयले कस्तो प्रयास गरिरहेको छ भन्नेबारेमा बुझेर थप निर्णय लिने जानकारी दिनुभयो ।  वार्ताका माध्यमबाट समस्या समाधान गर्नेमा आफ्नो ध्यान केन्द्रित हुने बताउँदै मन्त्री पन्तले अब बोल्ने भन्दा काम गर्ने समय आएको बताउनु भयो ।