काभ्रेको मण्डनदेउपुर नगरपालिकाद्वारा पढाइ शुरु गर्न शिक्षकहरुलाई अनुरोध

525 Shares

काभ्रेपलाञ्चोक । काभ्रेको मण्डनदेउपुर नगरपालिकाले विद्यालयको नियमित गतिविधि र पठनपाठन सुरु गर्न शिक्षकहरुलाई अनुरोध गरेको छ।

बुधबार नगरप्रमुख टोकबहादुर वाईबाले एक विज्ञप्ति जारी गर्दै नगरपालिकाभित्रका सबै विद्यालयहरुमा पढाइ सुरु गर्न शिक्षक, विद्यालय व्यवस्थापन समिति, अभिभावकहरुलाई अनुरोध गरेका हुन् ।

tok bdr.jpg

‘स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले दिएको अधिकार र स्थानीय सरकारको कर्तव्य, जिम्मेवार जनताको सरकारको हैसियतले हाल उत्पन्न समग्र शिक्षा क्षेत्रको विषयमा मण्डनदेउपुर नगरपालिका गम्भीर र जिम्मेवार छ । जुनसुकै अवस्थामा पनि बालबालिकाको पठनपाठन अवरुद्ध हुनुहुँदैन भन्ने हाम्रो मान्यता हो,’ जारी विज्ञप्तिमा उल्लेख छ ।

da947c23-baca-4790-a20d-cd54ca22d9f3.jpeg

शिक्षा ऐन जारी गर्न माग गर्दै देशभरका सरकारी स्कुलका शिक्षकहरु काठमाडौं केन्द्रित आन्दोलनमा होमिँदा नयाँ शैक्षिक सत्रको पढाइ र अन्य शैक्षिक गतिविधि ठप्प भएका छन् । मण्डनदेउपुर नगरपालिकाले शिक्षकहरुको जायज माग तत्काल पूरा गर्न संघीय सरकारसँग आग्रह पनि गरेको छ ।