टर्कीमा ६.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प

415 Shares

काठमाडौँ । टर्कीमा शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूकम्पमापन केन्द्रका अनुसार बुधबार ६.२ म्याग्निच्युडको भूकम्प गएको हो । 

भूकम्पको केन्द्रबिन्दु मारमारा एरेग्लिसीबाट लगभग १४ माइल दक्षिणपूर्व र इस्तानबुलबाट ७० माइल पश्चिममा रहेको बताइएको छ । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यामहरुका अनुसार भूकम्पपछि टर्कीमा त्रास फैलिएको छ भने अस्पतालहरूमा घाइते बिरामीहरूको चाप बढेको छ । भूकम्पपछिको भौतिक र मानवीय क्षतिबारे कुनै रिपोर्ट आइसकेको छैन । एजेन्सी