देशको सम्पूर्ण जमिन राष्ट्रियकरण गरेर योजनाबद्ध ढंगले अगाडि बढे मात्र विकास हुन्छः नेता गौतम

305 Shares

काठमाडौँ । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले सम्पूर्ण जमिन राष्ट्रियकरण गर्नुपर्ने बताउनुभएको छ।

मंगलबार राष्ट्रिय सभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।  नेपालको सम्पूर्ण जमिन राष्ट्रियकरण गरेर योजनाबद्ध ढंगले अगाडि नबढेसम्म मुलुकको विकास गर्न नसकिने उहाँले जिकिर गर्नुभयो । 

नेपालको सम्पूर्ण भूमि राष्ट्रियकरण गरेर आवश्यकताअनुसार विकासको खाका कोर्नुपर्ने उहाँको भनाइ छ । अब छलफल मात्र गरेर मुलुकमा विद्यमान आधारभूत आवश्यकताका समस्याहरु समाधान गर्न सम्भव नरहेको जिकिर गर्नुभयो । छलफलमा प्रधानमन्त्री बन्नेहरुलाई बोलाएर काम गर्न नसके कान समाएर उठबस गर्ने वाचा खुवाउनुपर्ने गाैतमले तर्क गर्नुभयो । 

व्यक्तिगत जमिन राख्ने व्यवस्था सदाका लागि अन्त्य गर्नुपर्ने उहाँको जिकिर छ ।