रसुवा बाढी: हालसम्म ३ सय ५९ जनाको शव फेला

21 Shares

काठमाडौं । रसुवामा आएको भीषण बाढीका कारण हालसम्म ३ सय ५९ जनाले ज्यान गुमाएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतले बिहीवार साँझ ६ः२० बजेसम्म ३ सय ५९ वटा शव फेला परेको जानकारी दिएकी हुन् । उनका अनुसार चितवनमा सबैभन्दा धेरै १ सय ३२ शव फेला परेका छन् ।

त्यस्तै, धादिङमा ३३, नुवाकोटमा २८, रसुवामा १७, गोर्खामा ३०, विभिन्न अङ्गहरु समेत गरेर नवलपरासी पूर्वमा ८२, नवलपरासी पश्चिममा १५ र तनहुँमा २२ शव फेला परेको प्रवक्ता महतले जानकारी दिइन् । उनले बाढीमा परि अहिलेसम्म ९ सय १० जना रहेको तथ्यांक प्राप्त भएको समेत बताइन् ।

प्रवक्ता महतका अनुसार सम्पर्कविहीन हुनेमा ५ सय १७ जना विदेशी नागरिक रहेका छन् । त्यसैगरी, नेपाल प्रहरी २८, नेपाली सेना ४४, सशस्त्र प्रहरी बल १३, भन्सार कार्यालयका १५ जना कर्मचारी, अध्यागमन कार्यालयका ४ जना कर्मचारी समेत सम्पर्कविहीन भएका छन् ।

उनले बाढीका ७३ जना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको समेत जानकारी दिइन् । उनले विपद्पछिको खोज, उद्धार र राहतका लागि १३ हजारभन्दा बढी सुरक्षाकर्मीहरु फिल्डमा खटिएको समेत बताइन् ।

उनले विपद्पछि खोज, उद्धार र राहतमा राज्य संयन्त्र सम्पूर्ण शक्तिसहित परिचलित भएको बताइन् ।