बागमतीका मुख्यमन्त्री थापाले पाए विश्वासको मत

10 Shares

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् ।

प्रदेशसभामा आज भएको मतदानमा थापाले सरकार टिकाउन आवश्यक ५३ मत भन्दा बढी मत प्राप्त गरेका हुन् । प्रदेशसभाको कुल उपस्थित ५७ सांसद मध्ये थापामगरले सबै मत पाएका हुन् ।

सरकारमा सहभागी हुने समझदारी गरेको राप्रपाका ५ सांसद पनि बैठकमा सहभागी भएनन् । मुख्यमन्त्री थापाले नेकपाका २६, एमालेका २६ मध्ये २५ र राप्रपाका सात सांसदको समर्थन प्राप्त गरेका हुन् ।

तर बाग्मती प्रदेशसभामा हाल १०४ सदस्य रहेकोमा सत्ता गठबन्धनमा रहेका ३ दलका ५८ सांसद मात्र उपस्थित रहेका थिए । विपक्षी दल कांग्रेसका ३६, नेमकिपाका ३ र हाम्रो नेपाल पार्टीका २ सांसदले बैठक बहिस्कार गरेका थिए ।

एमालेकी उपसभामुख मत विभाजना सहभागी भईनन् । विपक्षीहरुले बहिस्कार गरेका कारण मूख्यमन्त्रीको विपक्षमा कुनै पनि मत परेन भने तटस्थ मत पनि देखिएन ।