हेटौँडा । बागमती प्रदेशमा नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बीच सत्ता सञ्चालनका लागि औपचारिक सहमति भएको छ।
मुख्यमन्त्री किरण थापामगर नेतृत्वको सरकारलाई प्रभावकारी बनाउन तीन दलले न्यूनतम साझा कार्यक्रमसहित सहकार्य गर्ने सहमति गरेका हुन्। मन्त्रालयको संख्या नबढाई आठवटामै कायम गरिनेछ।
प्रदेशसभाको रिक्त सभामुख पदमा नेकपाबाट निर्वाचित गर्ने सहमति भएको छ। सरकार सञ्चालनका लागि तीन दलका सात सदस्यीय संयन्त्र गठन गरिने र सात दिनभित्र न्यूनतम साझा कार्यक्रम तयार गरी सार्वजनिक गरिनेछ।
संयन्त्रले सरकार सञ्चालनमा आवश्यक समन्वय, सल्लाह र सुझाव दिनेछ। मन्त्रिपरिषद्लाई महिला सहभागितासहित समावेशी बनाउने सहमति पनि भएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया