एशियन कप छनोटमा भियतनामसँग खेल्ने नेपाली टोली घोषणा

68 Shares

काठमाण्डौ । एएफसी एशियन कप छनोट अन्तर्गत भियतनामसँगको खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ । 
प्रशिक्षक म्याट रसले भियतनामसँगको दुई खेलका लागि आईतवार किरणकुमार लिम्बुको कप्तानीमा २३ सदस्यीय टोली घोषणा गरेका हुन् । टोलीमा धेरैजसो पुरानै खेलाडी दोहोरिँदा ६ जनाले पुनरागमन गरेका छन् । आयुष घलान,कृतिशरत्न छुन्जु, सुमित महर्जन, सनिस श्रेष्ठ, विमल पाण्डे र विशाल सुनार टोलीमा फर्किएका हुन् । एशियन कप छनोटमा नेपालले यही असोज २३ र २८ गते भियतनामसँग खेल्नेछ । नेपालले ‘होम म्याच’दशरथ रङ्गशालामा खेल्नुपर्ने भएपनि दशरथ रङ्गशाला अयोग्य रहेका कारण नेपालले ‘होम’ र ‘अवे’ दुवै खेल भियतनाममा नै खेल्नुपर्ने भएको छ । फिफा वरीयतामा नेपाल १७६ औं स्थानमा छ भने भियतनाम ११४औं स्थानमा छ ।