काठमाडौं । राइजिङ स्टार्स एसिया कपमा नेपालले यूएईलाई ६ विकेटले हराउँदै प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ ।
आइतबार भएको खेलमा यूएईले दिएको १२२ रनको लक्ष्य नेपालले २२ ओभरमै ४ विकेट गुमाएर भेट्टाएको हो ।
नेपालको जितमा कुशल भुर्तेलले ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट योगदान दएि । उनले ५६ बलमा ६ चौका र एक छक्कासहित ५७ रन बनाए । मयन यादवले २७ तथा बसिर अहमदले अविजित १८ रन जोडे।
बलिङतर्फ यूएईका मुहम्मद मोहसिनले दुई विकेट लएि भने उदीस सुरी र अंश टन्डनले एक–एक विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको यूएईले ३९.५ ओभरमा सबै विकेट गुमाउँदै १२१ रन बनाएको थियो । उसका लागि मोहम्मद शाहदादले ४० र हरप्रीत सिंह भाटियाले ३२ रन बनाए।
नेपालका कप्तान सन्दीप लामिछानेले १० ओभरमा ११ रन खर्चेर तीन मेडनसहित तीन विकेट लएि । कुशल भुर्तेलले पनि तीन विकेट हात पारे । त्यस्तै नन्दन यादव, रासिद खान र ललित राजवंशीले एक–एक विकेट लएि ।
नेपालले प्रतियोगिताको पहिलो खेलमा भारत ए विरुद्ध खराब प्रदर्शन गर्दै २६ रनमै अलआउट भएको थियो । उक्त खेलमा नेपाल ३०६ रनले पराजित भएको थियो ।
नेपालले अब मंगलबार पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया