दशैँको लामो बिदाका कारण रक्तदान कार्यक्रम घटेपछि नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय रक्तसञ्चार सेवामा रगतको मौज्दात सकिएको छ । अस्पतालमा उपचाररत बिरामीलाई आवश्यक रगतको माग बढिरहेकाले रेडक्रसले सर्वसाधारणलाई रक्तदान गर्न आग्रह गरेको छ ।
केन्द्रीय रक्तसञ्चार सेवाका प्रमुख डा. प्रकाश यादवले सबै रक्तसमूहका रगत तथा आवश्यक रक्तअवयवको मौज्दात सकिएको जानकारी दिएका छन् । यसले बिरामीका लागि आवश्यक रगत व्यवस्थापन गर्न कठिनाइ भएको उनले बताएका छन् । नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डा. विशालकुमार भण्डारीले पनि स्वयंसेवी रक्तदाता तथा विभिन्न सङ्घसंस्थालाई रक्तदान कार्यक्रम आयोजना गर्न आह्वान गरेका छन् ।
रेडक्रसले स्वस्थ १८ वर्ष वा सोभन्दा माथिका व्यक्तिलाई रक्तदान गर्न आग्रह गरेको छ । यसअघि रक्तदान गरिसकेका व्यक्तिले भने पछिल्लो रक्तदान गरेको कम्तीमा तीन महिना पूरा भएको हुनुपर्नेछ ।
रक्तदान वा रगतसम्बन्धी जानकारीका लागिः
केन्द्रीय रक्तसञ्चार सेवाः ०१–५३८८४८५, ०१–५३८८४८६
निःशुल्क सम्पर्क नम्बरः ११३०
फेसबुकबाट तपाईको प्रतिक्रिया