काठमाडौं । महँगी, सरकारी खर्च कटौती र अनिवार्य सैन्य सेवाको विरोधमा जर्मनीका विभिन्न सहरमा भएका प्रदर्शन हिंसात्मक बनेका छन्। शनिबार फ्र्याङ्कफर्ट, बर्लिन, कोलोन र ह्याम्बर्गमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको हो।
फ्र्याङ्कफर्टमा प्रदर्शनकारीले केही पसलमा लुटपाट गर्नुका साथै प्रहरीमाथि पटाका, ढुङ्गा र बोतल प्रहार गरेका थिए। स्थिति नियन्त्रणमा लिन प्रहरीले पानीको फोहरा प्रयोग गरेको थियो। घटनामा संलग्न केही प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ।
अधिकारीहरूका अनुसार फ्र्याङ्कफर्ट, म्युनिख र बर्लिनमा आयोजित प्रदर्शनमा करिब १८ हजार मानिस सहभागी भएका थिए।
‘जेनजी रेगेल्ट’ अभियानको अगुवाइमा भएको प्रदर्शनमा विद्यालयको बजेट बढाउन, बढ्दो जीवनयापन खर्च नियन्त्रण गर्न, सरकारी खर्च कटौतीको निर्णय फिर्ता लिन र अनिवार्य सैन्य सेवा खारेज गर्न माग गरिएको थियो।
प्रदर्शनका क्रममा दिनभर अवस्था शान्त रहे पनि रात परेपछि केही स्थानमा तनाव बढ्दै झडप र तोडफोडका घटना भएका थिए।
फेसबुकबाट तपाईको प्रतिक्रिया