जापानी इन्सेफलाइटिसबाट २८ जनाको मृत्यु, ३७ जिल्लामा संक्रमण पुष्टि

60 Shares

नेपालमा सन् २०२६ को सुरुदेखि अक्टोबर ३ सम्म जापानी इन्सेफलाइटिसबाट २८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको परिवार कल्याण महाशाखाको तथ्यांक उद्धृत गर्दै प्रकाशित विवरणमा देशभर १३१ जनामा संक्रमण पुष्टि भएको उल्लेख छ ।

यस वर्ष देशभर १ हजार ३७२ जनामा मस्तिष्कमा सूजन ल्याउने विभिन्न संक्रमणका लक्षण देखिएका थिए । तीमध्ये १३१ जनामा जापानी इन्सेफलाइटिस पुष्टि भएको हो । संक्रमण ३७ जिल्लाका ९० स्थानीय तहमा फै

लिएको र संक्रमितमध्ये करिब ८७ प्रतिशतले खोप नलगाएको पाइएको छ । संक्रमण प्रभावित क्षेत्रमा खोप अभियान सञ्चालन भइरहेको छ । झापाका सबै स्थानीय तह तथा कैलालीका घोडाघोडी नगरपालिका, धनगढी उपमहानगरपालिका र लम्कीचुहा नगरपालिकामा अभियान चलाइएको छ । कैलालीमा १ लाख ११ हजार ७९० र झापामा ३ लाख ४६ हजार ७७७ जनाले खोप लगाइसकेको उल्लेख छ ।

जापानी इन्सेफलाइटिस संक्रमित लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यसबाट बच्न खोप लगाउने, लामखुट्टेको टोकाइबाट जोगिने र सुत्दा झुल प्रयोग गर्ने स्वास्थ्यकर्मीको सुझाव छ । उच्च ज्वरो, कडा टाउको दुखाइ, बेहोसी वा असामान्य मानसिक अवस्था देखिएमा तत्काल स्वास्थ्य संस्थामा जानुपर्छ ।