स्पेनमा रेल दुर्घटना ः मृतक संख्या ६४ पुग्यो, म्याड्रिड–अन्डालुसिया सेवा ठप्प

61 Shares

स्पेनमा दुई द्रुतगतिको रेल एकापसमा ठोक्किँदा कम्तीमा ६४ जनाको मृत्यु भएको छ । बुधबार बिहान राजधानी म्याड्रिडबाट दक्षिणतर्फ रहेको टोलेडो प्रान्तको उर्दा नजिक भएको दुर्घटनामा दर्जनौँ यात्रु घाइते भएका छन् । उद्धारकर्मीले दुर्घटनास्थलमा खोज तथा उद्धार कार्य जारी राखेका छन् ।

दुर्घटनामा सरकारी रेल कम्पनी रेन्फे र निजी कम्पनी इरियोद्वारा सञ्चालित रेल संलग्न थिए । प्रारम्भिक रेन्फेको द्रुतगतिको रेलले लिकमा रोकिएको इरियोको रेललाई पछाडिबाट ठक्कर दिएको थियो । ठक्करका कारण रेलका डिब्बा लिकबाट बाहिरिएका थिए । दुर्घटनापछि रेल पूर्वाधार सञ्चालक अदिफले म्याड्रिड र दक्षिणी अन्डालुसिया क्षेत्रबीचको द्रुतगतिको रेल सेवा स्थगित गरेको छ ।

रेल सेवा अवरुद्ध हुँदा यात्रुहरूको आवागमन प्रभावित भएको छ । रेल कम्पनीहरूले प्रभावित यात्रुका लागि वैकल्पिक यातायातको व्यवस्था गर्ने तथा टिकट रद्द वा परिवर्तनमा सहुलियत दिने जनाएका छन् । 


यसअघि सन् २०२६ को जनवरीमा स्पेनको कोर्डोबा प्रान्तस्थित अदामुज नजिक दुई रेल दुर्घटना हुँदा ४६ जनाको मृत्यु भएको थियो। नौ महिनाभित्र भएका यी दुई ठूला दुर्घटनाले स्पेनको रेल सुरक्षाबारे फेरि प्रश्न उठाएको छ। ?