उपरथी खत्रीलाई प्रधानसेनापति सिग्देलद्वारा दर्ज्यानी चिन्ह प्रदान

11 Shares

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले उपरथी दर्जामा पदोन्नति हुनुभएका पूर्णबहादुर खत्रीलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएकाे  छ ।

जङ्गी अड्डामा बुधबार आयोजित कार्यक्रममा प्रधानसेनापति सिग्देलले महासेनानी दर्जामा पदोन्नति भएका तीन जना प्रमुख सेनानीलाई समेत दर्ज्यानी चिन्ह प्रदान गर्नुभएकाे हो ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयकाअनुसार पदोन्नति भएका सैनिक अधिकृतहरूलाई आयोजित कार्यक्रममा दर्ज्यानी चिन्ह प्रदान गरिएको हो ।