कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई दियो १ सय ३३ रनको लक्ष्य

10 Shares

काठमाडौँ । कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १ सय ३३ रनको सामान्य लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १ सय ३२ रन मात्रै जोड्यो ।

कर्णालीका लागि आरिफुल इस्लामले सर्वाधिक ४३ रन बनाए । पवन सर्राफले ३६ रन बनाए । दीपक डुम्रेले १३ रन बनाउँदा गुल्शन झाले १२ रनको योगदान दिए ।

मार्क वाटले १ रन मात्रै जोडे । हुसेन तलत ३ रनमा आउट भए भने अकबर अली पनि १ रनमै आउट भए । सोमपाल कामी र युवराज खत्रीले समान १–१ रन मात्रै बनाए । नन्दन यादवले भने ९ रन थपे ।

जनकपुरका लागि कप्तान हर्मित सिंहले ३ विकेट लिए । मोइन अलि र राहुल यादवले समान २–२ विकेट लिए भने ललित राजवंशीले १ विकेट हात पारे ।