सिड्नीमा ५० वर्षपछि नयाँ विमानस्थल सञ्चालन, पहिलो यात्रुवाहक उडान गोल्ड कोस्टतर्फ

39 Shares

अस्ट्रेलियाको सिड्नीमा नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । पश्चिमी सिड्नीस्थित ‘वेस्टर्न सिड्नी इन्टरनेसनल (न्यान्सी बर्ड वाल्टन) विमानस्थल’ आइतबार, अक्टोबर २५ देखि यात्रुका लागि खुला गरिएको हो ।

सात वर्षको निर्माण र लामो तयारीपछि सञ्चालनमा आएको यो विमानस्थल अस्ट्रेलियामा पाँच दशकभन्दा बढी समयपछि खुलेको पहिलो ठूलो नयाँ विमानस्थल हो । विमानस्थलबाट पहिलो व्यावसायिक यात्रुवाहक उडान जेटस्टारको विमानले सञ्चालन गरेको छ ।

बिहान करिब ११ बजेर २० मिनेटमा गोल्ड कोस्टका लागि उडेको थियो । उद्घाटन कार्यक्रममा अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजसहित विभिन्न अधिकारी सहभागी भएका थिए । करिब ५ अर्ब ६० करोड अस्ट्रेलियाली डलर लागतमा निर्माण गरिएको यो विमानस्थल सिड्नीको मुख्य व्यापारिक क्षेत्रबाट करिब ६० किलोमिटर पश्चिममा रहेको ब्याड्जेरिस क्रिक क्षेत्रमा अवस्थित छ ।

पुरानो किङ्सफोर्ड स्मिथ विमानस्थलमा रातिको उडानसम्बन्धी प्रतिबन्ध रहे पनि नयाँ विमानस्थल चौबीसै घण्टा सञ्चालन गर्न सकिने गरी निर्माण गरिएको छ । नयाँ विमानस्थलले पश्चिमी सिड्नीका बासिन्दालाई हवाई यात्रामा सहजता प्रदान गर्नुका साथै रोजगारी, व्यापार र पर्यटन विस्तारमा सहयोग पु¥याउने अपेक्षा गरिएको छ । यहाँबाट आन्तरिक उडानसँगै अन्तर्राष्ट्रिय उडानसमेत विस्तार गर्ने योजना छ ।