धरहरामा किन फहराइयो गुलाबी रिबन? यस्तो छ कारण

76 Shares

काठमाडौंको ऐतिहासिक धरहरामा फर्फराइरहेको गुलाबी कपडाले अहिले धेरैको ध्यान खिचेको छ । धरहराका चारैतिर राखिएको यो गुलाबी कपडा स

अक्टोबर महिनालाई विश्वभर स्तन क्यान्सर सचेतना महिनाका रूपमा मनाइने भएकाले यसलाई ‘पिंक अक्टोबर’ भनिन्छ । रक्षा क्यान्सर केयर सोसाइटीले स्तन क्यान्सरबारे समाजमा जागरुकता फैलाउने उद्देश्यले काठमाडौंमा सचेतना ¥याली आयोजना गरेको थियो । भृकुटीमण्डपबाट सुरु भएको ¥यालीमा विभिन्न सङ्घसंस्था, कलाकार, खेलाडी तथा स्तन क्यान्सरलाई जितेका व्यक्तिसहित करिब ७०० जनाको सहभागिता रहेको थियो ।

¥यालीका क्रममा धरहराका चारै दिशामा गुलाबी कपडा फहराइएको थियो । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य तथा गायिका मीरा राणा र तारा थापाले ¥यालीको उद्घाटन गरेका हुन । गुलाबी रङ स्तन क्यान्सरसम्बन्धी सचेतना, ऐक्यबद्धता र आशाको प्रतीकका रूपमा प्रयोग गरिन्छ । यो अभियानले स्तन क्यान्सरबारे खुलेर कुरा गर्न, शरीरमा असामान्य परिवर्तन देखिए स्वास्थ्यकर्मीसँग परामर्श लिन र आवश्यक परीक्षण गराउन प्रोत्साहित गर्छ ।

रोगको पहिचानमा ढिलाइ हुँदा उपचार जटिल हुन सक्ने भएकाले समयमै स्वास्थ्य परीक्षण गराउनु महत्त्वपूर्ण मानिन्छ । रक्षा क्यान्सर केयर सोसाइटीकी अध्यक्ष डा. सृष्टि श्रेष्ठ प्रजापतिले स्तन क्यान्सर समयमै पहिचान गरी उपचार गर्न सके निको हुने सम्भावना बढ्ने बताएकी छन् । संस्थाले सचेतनामूलक कार्यक्रमसँगै निःशुल्क मेमोग्राफी परीक्षणको व्यवस्था पनि गर्दै आएको जनाएको छ ।

धरहरामा फर्फराइरहेको गुलाबी कपडाले दिएको सन्देश स्पष्ट छ—स्तन क्यान्सरबारे जानकारी लिऔँ, आवश्यक परीक्षण गराऔँ र यस रोगसँग जुधिरहेका व्यक्तिलाई साथ दिऔँ ।