राष्ट्रिय राजनीतिमा कांग्रेस नयाँ ऊर्जाका साथ अघि बढ्छ : इन्द्र बानियाँ

7 Shares

काठमाडौं ।

नेपाली कांग्रेस वाग्मती प्रदेशका सभापति इन्द्र बानियाँले १५ औँ महाधिवेशनपछि कांग्रेस जनतालाई केन्द्रबिन्दुमा राखेर पार्टी अघि बढ्ने बताउनुभएकाे छ ।

महाधिवेशन उद्घाटन समारोहमा सम्बोधन गर्दै बानियाँले संविधानका उपलब्धिको रक्षाका लागि कांग्रेस सशक्त रूपमा अघि बढ्ने बताउनुभयाे । ” १५ औँ महाधिवेशनपछि नयाँ उत्साहका साथ कांग्रेस जनतालाई केन्द्रबिन्दुमा राखेर अघि बढ्छ,उहाँले भन्नभयाे ।

सहमति, सहकार्य र समझदारीका साथमा राष्ट्रिय राजनीतिमा कांग्रेस नयाँ ऊर्जाका साथ अघि बढ्ने उहाँले बताउनुभयाे ।