सडकमा सवारी चाप बढेपछि आजदेखि हेटौंडा-काठमाडौं आवतजावतमा ‘वान-वे’ रूट

8 Shares

काठमाडाैं । हेटौंडा-काठमाडौं सडकमा सवारी चाप बढेपछि मंगलबारदेखि साना यात्रुवाहक सवारीका लागि आवतजावत गर्दा फरक-फरक मार्ग प्रयोग गर्नुपर्ने भएको छ।

स्थानीय प्रशासनले १४ सिट भन्दा कम क्षमताका सवारीसाधन भीमफेदी-कुलेखानी-सिस्नेरी-दक्षिणकाली हुँदै जाने जनाएकाे हाे। काठमाडौंबाट हेटौंडा आउने सवारी फर्पिङ-फाखेल-कुलेखानी-भीमफेदी हुँदै आउनुपर्ने भएकाे छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरले मालवाहक तथा ठूला यात्रुवाहक सवारीसाधनले काठमाडौं जाँदा त्रिभुवन राजपथ र फर्किंदा कान्ति राजमार्ग प्रयोग गर्नुपर्ने जनाएकाे हाे।

पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि हेटौंडा हुँदै काठमाडौं आवतजावत गर्ने सवारीको चाप बढेको छ । नयाँ व्यवस्थाले वैकल्पिक सडकमा हुने सवारी जाम तथा लामो समय सवारी रोक्नुपर्ने अवस्थाको अन्त्य हुने प्रशासनले जनाएकाे हाे।