एनपीएलका लागि प्रधानमन्त्री शाहको शुभकामना

9 Shares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आजदेखि सुरु हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटका लागि शुभकामना दिनुभएको छ ।

प्रधानमन्त्री शाहले एनपीएल केही वर्षमै नेपालको ठूलो खेलकुद उत्सवका रूपमा विकसित भएको उल्लेख गर्दै प्रतियोगितामा सहभागी हुन नेपाल आएका अन्तर्राष्ट्रिय खेलाडी र कमेन्टेटरलाई स्वागत गर्नुभएको छ ।

उहाँले नेपाली खेलाडी, आयोजक तथा नेपाल क्रिकेट संघ (क्यान) लाई प्रतियोगिताको सफलताका लागि शुभकामना दिनुभएको हो ।

प्रधानमन्त्री शाहले आफ्नो सन्देशमा नेपाली क्रिकेटको विकास र सफलताको कामना गर्दै ‘नेपाली क्रिकेट अमर रहोस्’ भन्ने भावना व्यक्त गर्नुभएको छ ।

आजदेखि सुरु हुने एनपीएलमा विभिन्न आठ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् ।