8
Shares
काठमाडौं । स्पेनिस ला लिगा फुटबलको पहिलो एल क्लासिकोमा रियाल मड्रिडले बार्सिलोनालाई २–१ गोलले पराजित गरेको छ। बार्सिलोनाको घरेलु मैदान क्याम्प नाउमा भएको प्रतिस्पर्धात्मक खेलमा रियालले जित निकालेको हो।
रियाल मड्रिडको जितमा किलियन एम्बाप्पेले दुई गोल गरे। बार्सिलोनाका लागि राफिन्हाले एक गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।
यस जितसँगै रियाल मड्रिडले ला लिगाको उपाधि दौडमा आफ्नो दाबेदारी बलियो बनाएको छ।
१० खेलबाट २७ अंक जोडेको बार्सिलोना लिगको शीर्ष स्थानमा छ। समान खेल खेलेको एट्लेटिको मड्रिड २५ अंकसहित दोस्रो स्थानमा रहँदा २४ अंक जोडेको रियाल मड्रिड तेस्रो स्थानमा छ। चौथो स्थानमा रहेको रियाल बेटिसको २० अंक छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया