भ्रष्टाचारी र बलात्कारीलाई तत्काल गोली ठोक्ने कानून लागू गर्न खगेन्द्र सुनारको अपिल

20 Shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले बलात्कारी र भ्रष्टाचारीलाई घटनास्थलमै गोली ठोक्ने कानुन लागू गर्न माग गर्नुभएको छ । प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उहाँले यस्तो माग गर्नुभएको हो ।

उहाँले बझाङकी सम्झना कामीदेखि कञ्चनपुरकी निर्मला पन्त, कैलालीकी माया कामी, रुपन्देहीकी अंगिरा पासी, खोटाङकी रेस्मिका परियार, म्याग्दीकी मिना परियार तथा हालै गरिमा चौधरीको बलात्कारर हत्याका घटनाको स्मरण गर्दै यस्ता अपराधिक घटनाको फेहरिस्त निकै लामो रहेको बताउनुभयो ।

उहाँले पीडितको नाम लिएर घटनामाथि लामो बहस गर्नु मात्र पर्याप्त नहुने भन्दै सरकारले महिलाको सम्मान, सुरक्षा र बाँच्न पाउने अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले बलात्कार र भ्रष्टाचारका अपराधमा कुनै सम्झौता गर्न नहुने कुरामा जोड दिनुभयो ।