नेकपा (एमाले) का प्रमुख सचेतक ऐनबहादुर महरले कैलालीको अत्तरियामा बसको ठक्करबाट मृत्यु भएकी सिन्की बोहराको परिवारलाई उचित क्षतिपूर्ति तथा दोषिमाथि कारबाही गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उहाँले यस्तो ध्यानाकर्षण गराएको हो । उहाँका अनुसार बसको ठक्करबाट बोहरा लडेर घाइते भएपछि उक्त सवारीसाधन पुनः पछाडि फर्केर किच्दा घटनास्थलमै उनको मृत्यु भएको थियो ।
प्रमुख सचेतक महरले घटनापछि मृतकका परिवारजन र आफन्तले विरोध गर्दा प्रहरीले सवारीसाधनमाथि आवश्यक कारबाही गर्नुको सट्टा उनीहरूमाथि नै प्रहार गरेको आरोप पनि लगाउनुभयो । उहाँले पीडित परिवारलाई न्याय, उचित क्षतिपूर्ति र घटनामा संलग्न दोषीमाथि कानुनी कारबाही गर्न सरकारसँग माग गर्नुभयो । आईतवार अत्तरिया बसपार्कमा पानी बेच्दै आएकी बोहरालाई महेन्द्रनगरबाट दार्चुलातर्फ जाँदै गरेको बसले ठक्कर दिँदा उनकाचे घटनास्थलमै मृत्यु भएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया