धुलिखेल फोहोर ब्यावस्थापन हाम्रो पहिलो प्राथामिकता हो ः नगरपालिकाका कार्यबाहक नगरप्रमुख

35 Shares

धुलिखेल नगरपालिकाका कार्यबाहक नगरप्रमुख निराजन जंगमले धुलिखेलको फोहोर व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखिएको बताउनु भएको छ । धुलिखेलको अब्यवस्थित फोहोर मैलाले मानव स्वास्थ्यमा असर पर्ने भएकोले नगरपालिकाको पहिलो प्राथामिकता नै फोहोर व्यवस्थापन रहेको उहाले बताउनु भएको छ ।

धुलिखेलको फोहोर डम्पिङ साइटको व्यवस्थापन तथा दीर्घकालीन समाधानका लागि सुरुदेखि नै निरन्तर प्रयास गर्दै आएको उहाँको भनाई रहेको छ । यस विषयमा भएको जनचासोलाई नगरपालिकाले पहिलो प्राथमिकतामा राखेको उहाँको भनाई रहको छ ।

समस्या समाधानका लागि आवश्यक प्रक्रिया र व्यवस्थापनका कामहरू अघि बढिरहेको पनि उहाँले बताउनु भएको छ ।  अब छिट्टै यसको स्थायी समाधानतर्फ ठोस उपलब्धि हासिल हुने कार्यबाहक नगरप्रमुखको भनाई रहेको छ । सुरुदेखि नै समाधानका लागि कोही प्रयास गरिरहेको र अब छिट्टै समाधानका थप उपायहरु अपनाएर कामलाई अगाडी बढाउने उहाँले बताउनु भएको छ ।