सुन तोलामा २८ सय रूपैयाँले बढ्याे

35 Shares

काठमाडौं । नेपाली बजारमा आइतबार पनि सुनको मूल्य बढेको छ।

शुक्रबार प्रतितोला तीन हजार तीन सय रूपैयाँले बढेको सुनको मूल्य आइतबार तोलामा दुई हजार आठ सय रूपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सुन प्रतितोला तीन लाख १९ हजार पाँच सय रूपैयाँमा किनबेच भइरहेको जनाएकाे छ। शुक्रबार सुन प्रतितोला तीन लाख १६ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आइतबार चाँदीको मूल्य भने घटेको छ। चाँदी शुक्रबार प्रतितोला चार हजार ९ सय ८५ रूपैयाँमा कारोबार भएको थियाे। चाँदी आइतबार तोलामा चार हजार नौ सय ७५ रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य शुक्रबारको तुलनामा प्रतितोला १० रूपैयाँले घटेको हो।

अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔंस चार हजार ६ सय चार अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।