रूस र युक्रेनबीच जारी युद्धमा परी २ दिनमा २६ जनाको निधन, १४८ घाइते

23 Shares

एजेन्सी। रुस र युक्रेनबीच जारी युद्धका क्रममा शनिबार भएका पछिल्लो हवाई आक्रमणमा परी १० जनाको मृत्यु भएको छ ।

युक्रेनमा रुसी ड्रोन तथा क्षेप्यास्त्र प्रहारबाट ७ र रुसको क्रास्नोदार क्षेत्रमा युक्रेनी ड्रोन आक्रमणमा ३ गरी जम्मा १० जनाको मृत्यु भएको हाे । यस अघि शुक्रबार मध्य युक्रेनस्थित एक शपिङ सेन्टरमा भएको रुसी हमलामा १६ जनाको मृत्यु भएको थियो । घटनामा १ सय ४८ जना भन्दा बढी मानिस घाइते भएका छन् ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले राजधानी किभमा रुसले रेल पूर्वाधार र लोकोमोटिभ डिपोलाई लक्षित गरी ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको थियो ।