खोटाङ र दोलखासहित २७ जिल्लामा आज पनि आकस्मिक बाढीको जोखिम (सूचीसहित)

26 Shares

काठमाडौं । अविरल वर्षासँगै देशका खोटाङ र दोलखासहित २७ जिल्लामा आइतबार पनि आकस्मिक बाढीको जोखिमको पूर्वानुमान छ।

बाढी पूर्वानुमान महाशाखाले कतिपय साना-ठूला नदीमा पानीको बहाव उल्लेख्य रुपमा बढ्ने सम्भावना रहेको जनाएको हाे।आइतबार ताप्लेजुङ, पाँचथर, तेह्रथुम, संखुवासभा, धनकुटा, भोजपुर, खोटाङ, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौं, नुवाकोट, रसुवा, धादिङ, गोरखा, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, बागलुङ, बाँके, बर्दिया, कैलाली र आसपासका जिल्ला भई बहने स–साना नदीमा बहाव उल्लेख्य रुपमा बढ्ने पूर्वानुमान गरिएकाे छ।

साेही जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेको महाशाखाले जनाएको हाे । महाशाखाले तामाकोसी, सुनकोसी, नारायणी, त्रिशूली, बूढीगण्डकी र मर्स्याङ्दी लगायत ठूला नदीमा पनि बहाव उल्लेख्य रुपमा बढ्ने पूर्वानुमान गरेकाे छ ।