काठमाडौं । चीनमा बनेको एउटा रोबोटले मान्छे भन्दा छिटो दौडिएर सनसनी मच्चाएको छ।
चीनमा बनेको ‘लाइटनिङ’ नामक ह्युमानोइड रोबोटले १ सय मिटर दौड केवल ९ दशमलव ३२ सेकेन्डमा पूरा गर्दै नयाँ चर्चा बटुलेको हो । यो समय विश्व कीर्तिमानधारी धावक जमैकाका युजेन बोल्टको ९ दशमलव ५८ सेकेन्ड भन्दा शून्य दशमव २६ सेकेन्ड छिटो हो । चिनियाँ कम्पनी अनरले विकास गरेको यो रोबोटले यसअघि अप्रिलमा २१ किलोमिटरको बेइजिङ हाफ–म्याराथन पनि ५० मिनेट २६ सेकेन्डमा पूरा गरेको थियो ।
बेइजिङमा शुरु भएको दोस्रो ह्युमर्नोड रोबोट गेम्समा सहभागी हुनुअघि रोबोटको खुट्टा १० सेन्टिमिटर लामो बनाइएको थियो । आयोजकहरूका अनुसार रोबोटको यो प्रदर्शनले ह्युमानोइड प्रविधि र कृत्रिम बुद्धिमत्ताको तीव्र विकासलाई देखाएको छ । मानवलाई चुनौती दिने गतिमा दौडिएको यो रोबोटको प्रदर्शनले भविष्यमा खेलकुदमा रोबोटको भूमिका कस्तो होला भन्ने बहस समेत शुरु गरेको हाे ।
फेसबुकबाट तपाईको प्रतिक्रिया