सेयर बजारमा लगातार गिरावट भएको छ । बुधबार सेयर बजार सामान्य अंकले घटेर बन्द भएको छ । निरन्तरको गिरावट पछि लगानीकर्ता चिन्तित बनेका छन् । परिसूचक ०.२६ अंकले घटेर २६२२.२२ विन्दुमा अडिएको छ । यसअघि मंगलबार नेप्से परिसूचक १९.३४ अंकले घटेर २६२२.४८ विन्दुमा पुगेको हो ।
नेप्से घटेसँगै कारोबार रकम मंगलबारको तुलनामा गिरावट आएको छ । मंगलबार ५ अर्ब ७ करोडको कारोबार भएकोमा बुधबार ३ अर्ब २९ करोडको कारोबार भयो।यसदिन ३४६ वटा स्क्रिप्सको ९५ लाख ८ हजार ८८२ कित्ता सेयर ३ अर्ब २९ करोड ८० लाख १९ हजार ५७१ रुपैयाँमा कारोबार भयो। कारोबारमा आएकामध्ये ११० वटा स्टक्सको मूल्य बढ्दा १५० वटाको घट्यो। १८ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो ।
माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट र सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिजको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो । मनकामना इन्जिनियरिङ हाइड्रोपावरको सेयर ८.४५ प्रतिशतले घट्यो । पाँचवटा समूहको उपसूचक बढ्दा अरु बाँकी समूहको उपसूचक घट्यो । बैंकिङ,हाइड्रोपावर,नन लाइफ इन्स्योरेन्स,अदर्श र ट्रेडिङ समूहको उपसूचक सकारात्मक देखिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया