काठमाडौं । खाना पकाउने एसपी ग्यास कालोबजारी गरी बिक्री वितरण गर्ने १ जनालाई भक्तपुर प्रहरीले पक्राउ गरेको छ ।
चाँगुनारायण नगरपालिका वडा नं. २, दुवाकोट बारुदखाना चोकमा भाडामा बस्ने ५७ वर्षीय तुलसीराम त्वयनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सोही स्थानमा ‘त्वयना किराना पसल’ सञ्चालन गर्दै आएका उनले उपभोक्ताहरूलाई प्रतिसिलिन्डर ७ हजार रुपैयाँका दरले ग्यास बिक्री गरिरहेको भन्ने विशेष सूचना प्राप्त भएको थियो ।
सोही सूचनाका आधारमा खटिएको प्रहरी टोलीले पसलमा चेकजाँच तथा अनुगमन गर्दा ३ थान सिलिन्डर फेला पारेको थियो ।
बजार मूल्यभन्दा कयौँ गुणा महँगो मूल्यमा ग्यास बेचेर कालोबजारी गरेको आरोपमा पसल सञ्चालक त्वयनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया