दुई दिनपछि टिचिङ अस्पतालमा ओपीडी सेवा सुचारु, बिरामीको भीड

18 Shares

काठमाडौं । दुई दिनपछि ओपीडी सेवा पुनः सञ्चालन भएसँगै महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) मा सेवाग्राहीको उल्लेख्य भीड लागेको छ।चिकित्सकहरूको आन्दोलनका कारण मंगलबार र बुधबार देशभरका अधिकांश अस्पतालमा ओपीडी सेवा प्रभावित भएको थियो। जसका कारण उपचारका लागि आएका बिरामीहरूले सास्ती खेप्नुपरेको थियो। सरकार र आन्दोलनरत नेपाल चिकित्सक सङ्घबीच बुधबार पाँचबुँदे सहमति भएपछि आन्दोलन स्थगित भएको हो। सहमतिपछि बिहीबारदेखि अस्पतालहरूमा नियमित रूपमा ओपीडी सेवा सञ्चालनमा आएको छ।ओपीडी सेवा सुचारु भएसँगै उपचारका लागि आएका बिरामीको चाप टिचिङ अस्पतालमा बढेको अस्पताल स्रोतले जनाएको छ।