12
Shares
काठमाडौं । नेपाल आयल निगमले देशैभर बुधबारदेखि भरी सिलिण्डर ग्यास बिक्री वितरण गर्ने भएकाे छ।
निगमले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै भरी सिलिण्डर बिक्री वितरणको व्यवस्था मिलाइएको जनाएकाे हाे । निगमले इण्डियन आयलका विभिन्न बोटलिङ्ग प्लान्ट तथा रिफाइनरीहरूबाट भएको लोडिङ्गको अवस्थामा सुधार तथा आम उपभोक्ता वर्गबाट १४ दशमलव २ केजी ग्यास सिलिण्डरको उच्च मागको अवस्थालाई समेत मध्यनजर गर्दै मुलुकभरी नै साविककै १४ दशमलव २ केजी ग्यास भर्ने बताएकाे छ ।
१४ दशमलव २ केजी ग्यासको मूल्य दुई हजार ६० रुपैयाँ निर्धारण गरिएको छ । यसअघि अभावलाई मध्यनजर गर्दै अस्थायी रूपमा ७ दशमलव १ केजी ग्यास भर्ने व्यवस्था गरिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया