गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा नेपाल टेलिकमका पूर्वएमडी पौडेल दोषी ठहर

15 Shares

काठमाडौं । नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेल गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा दोषी ठहर भएका छन् ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले पौडेललाई १२ करोड ७५ लाख रुपैयाँ गैरकानुनी आर्जन गरेकोमा दोषी ठहर गरेको हो ।

विशेष अदालतले पौडेललाई दुई वर्ष कैद सजाय र विशिष्ट श्रेणीमा बसेर भ्रष्टाचार गरेको भन्दै थप छ महिना कैद सजाय पनि तोकेको छ ।

दुई करोड २१ लाख रुपैंया मात्रै बैध रूपमा आर्जन गरेको अवस्थामा पौडेलको साथमा १४ करोड ५७ लाख रुपैंया सम्पत्ति भेटिएको विशेष अदालतको ठहर छ ।