काठमाडौं । सरकारले गणेश नेपालीले आत्मदाह गरेको घटनामा छनबिनका लागि समिति गठन गरेको छ । प्रतिनिधिसभाकाे शुक्रबार बसेकाे बैठकमा बाेल्दै गृहमन्त्री सुधन गुरुङले डीआईजी गोविन्द थपलियाको संयोजकत्वमा छानबिन समिति गठन गरिएको बताउनुभएकाे हाे।
साेही समितिमा पाँच जना सदस्य रहेकाे समेत बताउनुभएकाे छ । उहाँले सोधपुछका लागि काठमाडौं महानगरपालिकाका तीन जना नगरप्रहरीलाई नियन्त्रणमा लिएको समेत बताउनुभयाे । निष्पक्ष छानबिन गर्ने गृहमन्त्री गुरुङले जानकारी दिनुभएकाे छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया