काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि र राष्ट्रियसभाका दुवै सदनको बैठक शुक्रबार पनि बस्दैछ।
सिंहदरबारमा प्रतिनिधिसभाको बैठक शुक्रबार दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएकाे हाे । बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानूनमन्त्री सोविता गौतमले निर्वाचन आयोग, राष्ट्रिय सुरक्षा परिषद र राष्ट्रिय महिला आयोगको प्रतिवेदन पेश गर्नुहुने कार्यसूची रहेकाे छ ।
मन्त्री गौतमले नै राष्ट्रिय सेवा दल विधेयक २०८३ माथि बिचार गरियोस् भन्ने प्रास्ताव प्रस्तुत गर्नुहुने भएकाे हाे । त्यस्तै, युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले अन्तराष्ट्रिय श्रम संगठनको बाध्यकारी महासन्धी र श्रम निरीक्षण सम्बन्धी महासन्धीका बुँदाहरु छलफल र अनुमोदनका लागि प्रस्तुत गर्नुहुने संसद सचिवायले जनाएको छ।

त्यसैगरी राष्ट्रियसभा बैठक पनि शुक्रबार दिउँसो सवाँ १ बजेदेखि शुरू हुने भएकाे हाे । बैठकमा महिला, बालबालिका, लैगिंक तथा यौनिक अल्पसंख्यक र समाजिक सुरक्षामन्त्री सिता वादी र कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीसंग मौखि प्रश्नउत्तोर गर्ने कार्यसूची रहेकाे छ।
राष्ट्रिय समावेशी आयोगको वर्षिक प्रतिवेदनमाथि पनि छलफल हुने सचिवालयले जनाएकाे हाे।

फेसबुकबाट तपाईको प्रतिक्रिया