देशका ७ जिल्लाका नदी किनारका बस्तीमा बाढीको जोखिम देशका सातै प्रदेशमा आज मध्यमदेखि भारी वर्षा हुँदै

61 Shares

काठमाडौं । देशका ७ जिल्लाका नदी तथा खोला किनारका बस्तीमा बिहीबार बाढीको जोखिम रहेको छ ।

जल तथा मौसम विज्ञान विभागले मध्यमदेखि बढी भारी वर्षाको सम्भावना रहेकाले बाढीको जोखिम रहेको जनाएकाे हाे । जसमा पाल्पा, दाङ, कपिलवस्तु, रुपन्देही, सिन्धुपाल्चोक, दोलखा, भोजपुर र आसपासका जिल्ला भई बहने स-साना नदी तथा खोलाको बहाब उल्लेख्य बढ्ने भएकाे छ। यी जिल्लाका नदी तथा खोलामा आकस्मिक बाढीको मध्यम जोखिम रहेको विभागले जनाएकाे छ।

बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम, मधेश र कोशी प्रदेशको तराई भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेकाे हाे । बिहीबार दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागको केही स्थानमा भारी वर्षाको सम्भावना छ ।

साथै विभागले बिहीबार राति कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङसहित मध्यमसम्मको वर्षा-हिमपातको समेत सम्भावना रहेकाे जनाएकाे हाे । मधेश, कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रदेशका पहाडी तथा तराई भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेकाे छ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भू-भागको केही स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकाे हाे । कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागको केही स्थानमा बढी भारी वर्षाको समेत सम्भावना रहेकाे विभागले जनाएकाे छ ।