एजेन्सी । इजरायल र लेबनानबीच अमेरिकाको मध्यस्थतामा भएको युद्धविराम लागू गर्ने सहमति भएको छ । अमेरिकी विदेश मन्त्रालयले दुवै पक्षको संयुक्त विज्ञप्ति सार्वजनिक गर्दै युद्धविराम लागू गर्ने सहमति भएको जनाएकाे हाे । इजरायल र लेबनानले हिजबुल्लाहले दक्षिणी लेबनानबाट आफ्ना लडाकुहरू फिर्ता गर्ने र इजरायलमाथिका आक्रमण बन्द गर्ने शर्तमा शत्रुतापूर्ण गतिविधिहरू रोक्न सहमत भएको जारी विज्ञप्ति भनिएकाे छ ।
साेही सम्झौताले लेबनानमा भैरहेको युद्ध रोक्छ कि रोक्दैन भन्ने अझै प्रष्ट हुन सकेको छैन । दक्षिणी लेबनानमा इरानबाट सञ्चालित हिजबुल्लाह समूह र इजरायली सेनाबीच भइरहेको युद्ध अमेरिकाले रोक्न खोजिरहेको समयमा यस्तो सहमति भएको हो । अमेरिकासँग सम्झौताका लागि इजरायल र लेबननबीचको युद्ध अन्त्य हुनुपर्ने इरानले पनि शर्त राख्दै आएको छ ।
साेही सहमतिले इरान र अमेरिकाबीचको युद्ध पनि रोकिने सम्भावना केही बढाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका हुन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया