काठमाडौँ । प्रतिपक्ष दल श्रमशक्ति पार्टी, नेपालले केन्द्रीय सरकारको जनतामाझ उपस्थिति नभएको भन्दै आपत्ति जनाएको छ ।
मंगलवार प्रतिनिधिसभा बैठकमा बोल्दै उक्त पार्टीका सांसद ध्रुवराज राईले केन्द्रीय सरकार खोइ रु भनी प्रश्न समेत गरे ।
हावाहुरीका कारण गत चैत्रमा भोजपुरका ६५ वटा घर र ८ वटा स्कुलको छानो उडाएको यति धेरै समय हुँदा पनि सरकारले कुनै पनि राहत नदिएकोमा उनको आपत्ति थियो । सांसद राईले जनताको सो पीडालाई सम्बोधन गर्न सरकारलाई पुन दबाब दिए ।
उनले भने ‘केन्द्रीय सरकार खै ? चैत्रमा हावाहुरीको भत्काएको घरको बारेमा सरकारलाई अनुरोध गरेको थिएँ । आजसम्म पनि सरकारको कुनै पनि राहत ती घरहरूमा पुगेका छैन । त्यस्तै गरेर ८ वटा स्कुलका छानोहरू उडाएको छ । यसबारे मैले सदनमा सरकारलाई अवगत गराएको थिएँ । यस विषयमा गृहमन्त्रीलाई हामीले भेटेर भनेका थियौ । यो जनताको आवाजहरू नसुनेको कुराहरू अव चाहिँ सुन्ने हो कि भनेर उभौली साकेलाको शुभकामना दिनु चाहन्छु ।’
सांसद राईले पीडामा रहेका जनताको आवाज सरकार सुनुवाइ नगरेको गुनासो पनि गरे ।
फेसबुकबाट तपाईको प्रतिक्रिया