38
Shares
हर्क साम्पाङ ले बालेन्द्र शाह नेतृत्वको सरकार पुराना सरकारभन्दा पनि “खत्तम” देखिएको टिप्पणी गर्नुभएको छ।
श्रम संस्कृति पार्टीका अध्यक्ष साम्पाङले शुक्रबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै प्रधानमन्त्री शाहले सर्वोच्च अदालतका चौथो वरियताका न्यायाधीश डा. मनोज शर्मा लाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको विषयमा आपत्ति जनाउनुभएको हो।
उहाँले “नीतिगत भ्रष्टाचारभन्दा ठूलो भ्रष्टाचार अर्को नहुने” उल्लेख गर्दै सरकारमाथि कडा आलोचना गर्नुभएको छ। साम्पाङले बालेन्द्र नेतृत्वको सरकारलाई “भ्रष्टाचारी सरकार” को संज्ञासमेत दिनुभएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया