सार्वजनिक बिदामा पनि ओपीडी सेवा सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

130 Shares

काठमाडाैं — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सार्वजनिक बिदाको दिन पनि ओपीडी सेवा सञ्चालन गर्न देशभरका अस्पतालहरूलाई निर्देशन दिएको छ। दुई दिने बिदाका कारण सेवा प्रवाहमा असर परेको भन्दै मन्त्रालयले यस्तो निर्णय गरेको हो।

मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाई कामको भार र उपलब्ध जनशक्तिको आधारमा ओपीडी सेवा सञ्चालन गर्न भनिएको छ। साथै, कर्मचारीहरूलाई अन्य दिन बिदा मिलाएर दिन वा सम्भव नभए सट्टा बिदा उपलब्ध गराउन पनि निर्देशन दिइएको छ।

त्यस्तै, प्रादेशिक अस्पतालहरूमा समेत सोहीअनुसार जनशक्ति व्यवस्थापन गर्न सम्बन्धित प्रदेशका स्वास्थ्य मन्त्रालयहरूलाई अनुरोध गरिएको छ। मन्त्रालयले सार्वजनिक बिदाका दिनमा समेत स्वास्थ्य सेवा निरन्तर र प्रभावकारी रूपमा सञ्चालन हुने विश्वास व्यक्त गरेको छ।

note-1-543x768.jpg