लमजुङमा जिप दुर्घटना : २ जनाको मृत्यु, १२ घाइते

163 Shares

काठमाडौँ — लमजुङ को मर्स्याङ्दी गाउँपालिका–७ मा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।

बेँसीसहरबाट उस्तातर्फ जाँदै गरेको ग १ ख ६४७० नम्बरको जिप सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटनामा परेको हो।

दुर्घटनापछि १४ जनालाई उद्धार गरी अस्पताल पुर्‍याइएकोमा २ जनाको ज्यान गएको प्रहरीले जनाएको छ।

घाइतेहरूको उपचार भइरहेको छ। उनीहरूमध्ये २–३ जनाको अवस्था गम्भीर रहेको जितेन्द्रकुमार बस्नेत ले जानकारी दिनुभएको छ।

घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।