काठमाडौँमा ट्राफिक नियम कडाइ: रातो बत्ती उल्लंघन गर्नेहरू धमाधम कारबाहीमा

135 Shares

काठमाडौँ । ट्राफिक प्रहरीले ट्राफिक नियम कार्यान्वयनमा कडाइ गरेको छ। काठमाडौंमा ट्राफिक लाइटको पालना नगर्ने सवारीसाधनलाई प्रहरीले धमाधम समातेर कारबाही गर्न सुरु गरेको हो।

शनिबार बबरमहल क्षेत्रमा रहेका दुईवटा ट्राफिक लाइट उल्लंघन गर्ने सवारीलाई बिजुलीबजारमा नियन्त्रणमा लिएर कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ। ट्राफिक नियमको पालना नगर्दा दुर्घटनाको जोखिम बढ्ने भएकाले यस्तो अभियान तीव्र पारिएको जनाइएको छ।

रातो बत्ती बल्दा नरोकी सवारी चलाउनेहरू प्रहरीको कारबाहीमा पर्ने गरेका छन्। यस विषयमा सर्वसाधारणको मिश्रित प्रतिक्रिया देखिएको छ। केहीले ट्राफिक प्रहरीले दुःख दिने नियत राखेको भन्दै असन्तुष्टि जनाएका छन् भने अन्यले यस्तो कदमको प्रशंसा गरेका छन्।

उनीहरूले सबैले ट्राफिक नियमको पालना गर्नुपर्ने बताएका छन्।