पश्चिम एशियामा नेपाली उद्धारका लागि तीन दिन विशेष उडान सञ्चालन

168 Shares

काठमाडौं । सरकारले पश्चिम एशियामा जारी द्वन्द्ध र सुरक्षा अवस्थालाई मध्यनजर गर्दै त्यहाँ रहेका नेपाली नागरिकहरूको उद्धार र सहज आवागमनका लागि विशेष उडान सञ्चालन गरेको छ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले शुक्रबार प्रेस ब्रिफिङमा जानकारी दिँदै, तीन दिनका लागि विशेष उडान सञ्चालन हुने बताउनुभयो।

उडान तालिका यसप्रकार छ:

  • शुक्रबार: काठमाडौं–दुबई
  • शनिबार: दुबई–काठमाडौं
  • आईतवार: काठमाडौं–दमाम र दमाम–काठमाडौं

उहाँले प्रिबुक भएका र स्वदेश फर्कन चाहने नागरिकहरूलाई फिर्ता ल्याउने तयारी भइरहेको स्पष्ट पार्नुभयो।

त्यस्तै, नियोगको सिफारिसमा पाँच जनासम्मलाई नियमित भाडादरमा टिकट उपलब्ध गराउने अनुरोध गरिएको छ। यसअघि १ अप्रिलमा कुवेत एयरवेजमार्फत २९१ जना नेपाली र ९ जना मृतक नेपालीको शव भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको जानकारी पनि प्रदान गरिएको थियो।