काठमाडौं । वरिष्ठ सर्जिकल अंकोलोजिस्ट प्रकाशराज न्यौपाने को निधन भएको छ।
क्यान्सर रोगबाट पीडित रहेका डा. न्यौपानेको आज बिहान पाटन अस्पतालमा निधन भएको उपचारमा संलग्न मेडिकल अंकोलोजिस्ट अरुण शाही ले जानकारी दिए। उनका अनुसार ६४ वर्षीय न्यौपाने विगत एक वर्षदेखि पित्त बग्ने नलीमा हुने क्यान्सर कोलान्जिओकार्सिनोमा बाट पीडित थिए र पछिल्लो एक महिनादेखि अस्पतालमा उपचाररत थिए।
डा. न्यौपाने पेट, कलेजो, प्यान्क्रियाज, थाइरोइड, स्तन, मिर्गौला तथा छालाको क्यान्सरसम्बन्धी शल्यक्रियामा विशेषज्ञ थिए।
उनले भक्तपुर क्यान्सर अस्पताल का पूर्व मेडिकल डाइरेक्टर तथा बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल का पूर्व अध्यक्षको रूपमा जिम्मेवारी निर्वाह गरेका थिए।
पछिल्लो समय उनी बीएण्डबी अस्पताल, काठमाडौं क्यान्सर सेन्टर तथा नेपाल अर्बुद रोग निवारण संस्था लगायत संस्थासँग आवद्ध थिए।
फेसबुकबाट तपाईको प्रतिक्रिया