शोकाकुल केपी शर्मा ओलीलाई राष्ट्रपतिको समवेदना

156 Shares

काठमाडाैं । रामचन्द्र पौडेलले पितृशोकमा रहनुभएका पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीप्रति समवेदना प्रकट गर्नुभएको छ।

राष्ट्रपति पौडेलले अध्यक्ष ओलीलाई भेटी उहाँका पिताको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको हो।

अध्यक्ष ओलीका पिताको निधनले सिंगो परिवारमा परेको अपूरणीय क्षतिप्रति राष्ट्रपतिले गहिरो सहानुभूति व्यक्त गर्नुभएको छ।