145
Shares
काठमाडौं ।
पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक परेको छ। उनका बुवा मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन भएको हो।
एमाले सचिव पद्मा अर्यालका अनुसार केही दिनयता अस्वस्थ रहेका मोहनप्रसाद ओलीको आज बिहान भक्तपुरको गठ्ठाघरस्थित कोरियन अस्पतालमा निधन भएको हो।
उनको पार्थिव शरीर ओली निवास गुण्डुमा लगिने र आजै दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने स्रोतले जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया