दाङ–१ मा नेकपाले मेटमणि चौधरीलाई उम्मेदवारी

180 Shares

काठमाडौं । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि दाङ क्षेत्र नम्बर १ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को टिकट मेटमणि चौधरीलाई प्रदान गरिएको छ। पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चौधरीलाई टिकट दिएका हुन्।

यसअघि दाङ १ मा साविक एकीकृत समाजवादीका मेटमणि चौधरी र साविक माओवादीका कुलप्रसाद केसी (सोनाम) बीच टिकट विवाद चलिरहेको थियो। लुम्बिनीका पूर्वमुख्यमन्त्री केसीले आफूले टिकट नपाए बागी उम्मेदवार बन्न सक्ने संकेत दिएका थिए।

यद्यपि विवादका बीच मेटमणि चौधरीले टिकट पाउने क्रममा सफलता हासिल गरेका छन्। चौधरी यसअघि दाङ क्षेत्र नम्बर १ बाट दुई पटक सांसद निर्वाचित भइसकेका हुन्।

नेकपाले दाङ क्षेत्र नम्बर २ मा निर्मल आचार्य र ३ मा धनबहादुर मास्कीलाई उम्मेदवार घोषणा गरेको छ।